भियतनामको चार्टर्ड विमान पार्किङका लागि गौतमबुद्ध विमानस्थलमा अवतरण

Advertisement

काठमाडौं । भियतनामबाट आएको चार्टर्ड विमान आज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । विमानस्थलका सूचना अधिकारी यज्ञप्रसाद न्यौपानेका अनुसार बुधबार काठमाडौं हुँदै दिउसो सवा १ बजे सो विमान भैरहवामा अवतरण गरेको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठाउँ नभएकाले पार्किङका लागि विमान भैरहवा आएको र चार दिन सोही विमानस्थलमा रहने उनले जानकारी दिए । व्यापारिक प्रयोजनका लागि आएको विमानले यात्रुहरूलाई काठमाडौंमै अवतरण गराई पार्किङका लागि भैरहवा गएको हो । 

Advertisement

एचएआई ४९९ कलसाइनको यो विमान १ अगस्टमा भैरहवाबाट काठमाडौं जाने छ र काठमाडौँ हुँदै पुनः भियतनाम फर्कने विमानको उडान तालिका रहेको न्यौपानेले बताए । जेठ २ देखि व्यवसायिक सञ्चालनमा आएको विमानस्थलमा जजिरा एयरवेजले साताको तीन उडान गर्दै आएको छ । 

Advertisement

Advertisement