पर्वतारोही छिरिङ शेर्पाले केटु हिमाल छिटो आरोहण गर्नेमा कीर्तिमान बनाए

Advertisement

काठमाडौं । पर्वतारोही छिरिङ शेर्पाले विश्वको दोस्रो अग्लो तथा ८,६११ मिटर अग्लो केटु हिमाल कम समयमा आरोहण गरी कीर्तिमान कायम गर्न सफल भएका छन् । 

शेर्पाले पाकिस्तानमा रहेको ८,०५१ मिटर अग्लो यो हिमालको आज बिहान ४ बजेर ५० मिनेट २३ सेकेण्ड जाँदा १२ घण्टा २० मिनेट २३ सेकेण्डमा माउन्ट केटु (८,६११ मिटर) आरोहण गरी विश्व कीर्तिमान कायम गरेको इमाजिन नेपाल ट्रेक्सका प्रबन्धक दावा शेर्पाले जानकारी दिइन् । 

Advertisement

प्रबन्धक शेर्पाका अनुसार छिरिङले बुधबार बेस क्याम्पबाट बेलुकी ४ बजेर ३० मिनेटमा आरोहण सुरु गरी बिहीबार बिहान ४ बजेर ५० मिनेट २३ सेकेटमा केटु हिमालको चुचुरोमा पाइला टेकेको हो । 

यसअघि फ्रान्सेली अल्पाइनिस्ट बेनोइट चामोक्सले केटु हिमालमा सबैभन्दा छिटो समयमा आरोहण गरी रेकर्ड राखेका थिए । चामोक्सले सन् १९८६ मे ७ का दिन २३ घण्टा भित्र केटु हिमाल आरोहण गरेका थिए । उक्त रेकर्ड आज पर्वतारोही छिरिङ शेर्पाले तोडेका छन् ।

शेर्पा इन्टरनेशनल फेडेरेसन अफ माउन्टेन गाइड्स एसोसिएसनका मान्यता प्राप्त अन्तर्राष्ट्रिय माउन्टेन गाइड हुन् । उनले ८ हजार मिटरभन्दा माथिका १४ अग्ला चुचुरो मध्ये सात वाट चुचुरोको आरोहण गरी सकेका छन् । उनले तीन महिनामा चार आठ हजार मिटर अग्ला चुचुरोको आरोहण गरेका छन् । शेर्पाले अप्रिल ९ मा धौलागिरी, मे ७ मा कञ्चनजङ्घा, मे १६ मा सगरमाथा र २२ जुलाईमा केटु हिमालहरुको सफल आरोहण गरेका प्रबन्धक दावा शेर्पाले जानकारी दिइन् । 

त्यस्तै अर्का दुई कीर्तिमानी पर्वतारोही मिङ्मा डेविड शेर्पा र लाक्पा देण्डी शेर्पा बुधबार बेलुकी केटु हिमाल आरोहणतर्फ प्रस्थान गरेका थिए । २३ घण्टाको स्पिड रेकर्ड तोड्न बेस क्याम्पबाट आरोहण सुरु गरेकामा पर्वतारोही मिङ्मा डेविड शेर्पाले आज बिहान १४ घण्टा २२ मिनेटमा केटु हिमालको चुचुरोमा पाइला टेकेका छन् । पर्वतारोही लाक्पा देण्डी शेर्पाले बेस क्याम्पबाट क्याम ३ मा पुगेर आरोहण रोकेका हुन् । 


 

Advertisement

Advertisement