प्राधिकरणले समस्या समाधान नगरेपछि ठूला उद्योगी उर्जामन्त्रीको शरणमा (यस्तो छ उद्योगीको पत्र)

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन महशुल विवाद समाधान नगरेपछि  ठूला उद्योगीहरु शरणको शरणमा गरेका छन् । उनीहरुले शुक्रबार उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्कालाई पत्र बुझाउँदै मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्न माग गरेका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र विद्युत नियमन विभागलाई समेत बोधार्थ दिइएको उक्त पत्रमा मन्त्रिपरिषदको निर्णयको अवज्ञा गर्दै पूरानै बिल पठाएको भन्दै तत्कालिन नियम, निर्णय र प्रमाणका आधारमा महशुल गणना गरी डेडिकेटेड तथा ट्रंकलाइनको महशुल विवाद समाधान गर्न माग गरेका छन् । 

Advertisement

मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्नु उर्जा मन्त्रालयको दायित्व भएको भन्दै उनीहरुले उर्जामन्त्रीले नै समस्या समाधानको लागि पहल गर्नुपर्ने कुरामा जोड दिएका छन् । सामुहिकरुपमा ठूला उद्योगीहरुले मन्त्रिपरिषद्‌को निर्णय, तत्कालिन विद्युत् महसुल निर्धारण आयोगको १०३ औं र १०८ औं बैठकले तोकेको शर्तको अधीनमा रही मन्त्रालयको प्रत्यक्ष नेतृत्वमा विद्युत् महसुल निर्धारण र गणना गराइ डेडिकेटेड तथा ट्रकलाइनको विवाद समाधान गराई उद्योगहरूमा निरन्तर बिद्युत् आपूर्तिको सुनिश्चितता गरिदिन आग्रह गरेका छन् । 

यस्तो छ उनीहरुको पत्रः 

undefinedundefined

Advertisement

Advertisement