कामना सेवा विकास बैंकका ग्राहकले  सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको सेवामा छुट पाउने

Advertisement

काठमाडौँ । कामना सेवा विकास बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता सम्पन्न भएको छ ।

अब बैंकका कर्मचारी तथा ग्राहकहरुले सिद्धार्थ बिजनेस ग्रुप अन्तर्गतका देशभर फैलिएका विभिन्न होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याफेहरुमा प्रदान गरिने उत्कृष्ट सेवा सुविधाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

Advertisement

बैंकको ग्राहक भएको कुनै पनि प्रमाण पेश गरी यो सुविधा सजिलै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

Advertisement

Advertisement