हिमालय एयरलाइन्सको चार्टर्ड उडानमार्फत पर्यटनमन्त्री खड्काको चीन भ्रमण

Advertisement

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का निजी क्षेत्रको हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत चीनको औपचारिक भ्रमणमा गएका छन् । 

खड्का तीन दिने भ्रमणका लागि मंगलबार चीन गएका हुन् । एयरलाइन्सले छिङदाओ (सिङ्ताओ)को लागि कूटनीतिक चार्टर्ड उडान गरेको बताउँदै भ्रमणमा परराष्ट्र मन्त्रालयका पदाधिकारीहरूको ११ सदस्यीय प्रतिनिधिमण्डललाई लिएर आफ्नो एअरबस ए ३१९ मंगलबार राति ११ः०७ बजे उडेको जानकारी दिएको हो । 

Advertisement

सो जहाज बुधबार बिहान ७ः५५ मा छिङदाओ लिउटिङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । भ्रमण पूरा भएपछि बिहीबार अपरान्ह्र चार्टर्ड उडानको जहाज काठमाडौं फर्किने कम्पनीले जानकारी दिएको छ । 

सन् २०२० मा कोभिड महामारीका कारण नेपाल र चीनबीचको हवाइ यात्रा ठप्प थियो । तर महामारी नियन्त्रण भई जनजीवन सामान्यतर्फ फर्किएपछि हिमालय एयरलाइन्सले मे ३१, २०२२ बाट चीनको कुनमिङमा उडान सुचारु गरेको छ । 

Advertisement

Advertisement