आजदेखि उपत्यकामा पातला प्लास्टिकको झोला प्रतिबन्ध

Advertisement

काठमाडौं । काठमाडौं उपत्यकामा ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलामा प्रतिबन्ध लागेको छ । वन तथा वातावरण मन्त्रालय र वन विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध गर्ने नियमलाई आज(बुधबार)देखि लागू गर्ने भएको हो । 

अबदेखि पातलो प्लास्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोग गर्न पाइने छैन् । यसअघि २०७२ सालको बैशाख १ गतेदेखि लागू हुनेगरी उक्त नियम बनाइएको थियो । तर, उक्त समयमा भूकम्प गएको कारण कार्यान्वयन हुन सकेको थिएन ।

Advertisement

वातावरण विभागका अनुसार आजदेखि नै ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको उत्पादन र कारोबार भए–नभएकोबारे अनुगमन थालिने छ । जसमा, झोला उत्पादन गर्ने कम्पनी पहिलो चरणको अनुगमनमा पर्ने छ । त्यसपछि धेरै प्रयोग हुने क्षेत्रहरूमा अनुगमन गर्ने र अनुगमनको क्रममा नियम पालना नगरेको पाइए कारबाही गरिने छ । 

Advertisement

Advertisement