एनएमबिका ग्राहकले अब बुद्ध र यती एयरमा क्यासब्याक पाउने

Advertisement

काठमाडौँ । एनएमबि बैंकले आउँदो चाडपर्वलाई मध्य नजर गर्दै अहिलेबाट नै क्यासब्याक अफर प्रस्तुत गरेको छ । 

बैंकका ग्राहकले अब बुद्ध एयर र यती एयरको एप र वेवबाट डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा क्रमशः रु. ३५० र रु. ५०० क्यासब्याक सुविधा पाउने भएका हुन् । 

Advertisement

क्यासब्याक सुबिधाको लागि ग्राहकहरूले आफ्नो एनएमबि कार्डहरूमा ई–कमर्स सक्रिय गर्नु पर्ने छ । यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहनेछ । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । 

बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा प्रदान गर्दै आइरहेका छ । 
    
 

Advertisement

Advertisement