आज (भदौ २)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल भदौ महिनाको २ गते बिहीबार, भाद्र कृष्णपक्षको सप्तमी तिथि ।

मेष 
पेशागत क्षेत्र अनुकुल नै रहने छ । रोजगारी गरिरहेकाहरुका लागि पनि समय शुभ रहने छ । शेयर क्षेत्र औसत प्रकृतिको रहने छ । बोलीको प्रभाव कम हुने छ, खासगरी रुखोपना र कडापना देखा पर्ने छ । परिवारमा द्वन्दको अवस्था आउने छ ।

Advertisement

वृष
पेशागत जीवन सकारात्मक रहने छ । व्यापार व्यवसायमा संलग्नहरुलाई पनि लाभ मिल्ने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ । बोलीको प्रभावकारीपनामा बृद्धि हुने छ । पारीवारिक जीवनमा भने केही द्वन्द देखा पर्ने छ ।

मिथुन 
पेशागत जीवन मध्यम खालको रहने छ । अपेक्षाकृत प्रगति नभए पनि धेरै अशुभ पनि हुने छैन् । शेयर क्षेत्र अनुकुल बन्न सक्ने छैन् । शारीरिक कमजोरीले सताउने छ । कमजोर खालको व्यक्तित्व बन्ने छ । दाम्पत्य जीवनमा मनमुटाव आउने छ । 

कर्कट
पेशागत जीवन मध्यम खालको रहने छ । आतिथ्य सत्कार क्षेत्र अर्थात हस्पिटालिटी क्षेत्रमा संलग्नहरुलाई समयमा केही सुधार आउने छ । शेयर क्षेत्रमा गुमाउनु पर्ने छ । बोलीको प्रभावकारीतामा कमि आउँदा द्वन्द्वात्मक अवस्था आउने छ । निर्णय क्षमतामा कमि आउने छ । भाग्यको साथ छैन् । 

सिंह
पेशागत जीवन प्रगति हुने छ । शेयर क्षेत्र प्रतिकुल रहने छ । साझेदारीमा गरिएका कामहरुमा भने बिबाद देखा पर्ने छ । त्यसैले संयमित भएर पाइला चाल्नु पर्ने देखिन्छ । धेरै जोखिमपूर्ण बिधामा सक्रियहरुले धैर्यतापूर्वक पाइला चाल्नु पर्ने समय छ ।

कन्या
बौद्धिक क्षेत्रमा आवद्धहरुको पेशागत उन्नति हुने छ । शेयर क्षेत्रबाट पनि फाइदा मिल्ने छ । आम्दानीमा बृद्धि हुने छ । नरम खालको स्वाभाव हुने छ । निर्णय क्षमतामा कमजोरी देखिने छ । शारीरिक स्वास्थ्यमा समस्याहरु देखा पर्ने छ । 

तुला
पेशागत क्षेत्रमा स्थिरता आउने छ । साझेदारीमा गरिएका कामहरु पनि सकारात्मक रहने छ । आम्दानी सोचे जस्तो हुने छैन् । शेयर क्षेत्र अनुकुल बन्न सक्ने छैन् । मनमा तनाब सृजना हुँदा त्यसको प्रभाव पारीवारिक जीवनमा पर्न जाने छ ।

वृश्चिक
पेशागत जीवनमा आफ्ना हाकिमहरुसँग बादबिबादको क्रम देखिने भएकाले संयमित रहनु नै ठिक हुने छ । शेयर क्षेत्रबाट फाइदा हुने छ । बोलीको प्रभाव घट्ने हुँदा अनावश्यक बिबाद तथा तिक्तताको वातावरण उत्पन्न हुन पुग्ने छ ।

धनु 
साझेदारीमा गरिएका कामहरुमा बिबाद देखा पर्ने छ । वैदेशिक यात्रामा समस्या उत्पन्न हुने छ । अन्यको हकमा सामानय रहने छ । शेयर क्षेत्र सकारात्मक रहने छ । दृढ खालको व्यक्तित्व हुने छ । मनमा उदासिनताका मात्रा देखिने छ ।

मकर 
पेशागत क्षेत्र सोचे जस्तो उन्नति नभए पनि धेरै प्रतिकुल पनि रहने छैन् । प्राविधिक क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ । शेयर बजार नकारात्मक तर्फ नै झर्ने छ । पारीवारिक जीवनमा कटुता आउने छ । शरीर कमजोर हुँदा मनोबलको अभाव हुने छ । 

कुम्भ 
पेशागत जीवनमा अवरोधहरु आउने छ । भई आएको छविमा दाग लाग्ने समय सक्रिय रहेकाले सतर्क भई अघि बढ्नु होला । शेयर क्षेत्र मध्यम खालको रहने छ । भाग्यहिनताका कारण मनमा पनि हिनताबोध लाग्ने छ । दुविधात्मक व्यक्तित्व हुने हुँदा सम्बन्धहरुमा समस्या छ । 

मीन
पेशागत जीवनमा अस्थिरताका क्रम देखा पर्ने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ । बौद्धिकस्तर उन्नत भए पनि सोहि अनुसारको जिम्मेबारी भने प्राप्त हुने छैन् । यसले मनमा निराशा ल्याउने छ । कार्यालयमा कामको क्रममा कार्यालयका हाकिमहरुसँग बिबाद आउने भएकाले संयमित रहनु होला ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement