तीन सयले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

Advertisement

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन सयले बढेर रु ९५ हजार तीन सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९५ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९४ हजार पाँच सय थियो ।  

Advertisement

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार एक सय ६५ तोकिएकोे महासंघले जनाएको छ । 

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

Advertisement

Advertisement