बीओकेका ग्राहकहरुलाई किम्ची फास्टफुडमा ८ प्रतिशत छुट दिने सम्झौता

Advertisement

काठमाडौँ । बैंक अफ काठमाण्डू (बीओके) र किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्टबीच ग्राहकहरुलाई छुट दिने सम्झौता भएको छ । 

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई ८ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो  । 

Advertisement

सम्झौता पश्चात् ग्राहकहरुले किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ ८ प्रतिशत छुट पाउने छन् । 

उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । 

बीओकेले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 

Advertisement

Advertisement