‘एकल बीमाशुल्कले विकृति बढायो, अब जति समयको बीमा हुन्छ, त्यतिको मात्रै अभिकर्तालाई कमिशन’

Advertisement

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य सिलवालले एकल बीमाशुल्क बन्द गर्ने बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले एकल बीमाशुल्क बन्द गर्न बीमक संघसँग पनि राय लिइसकेको बताउँदै यसलाई बन्द गर्नुको विकल्प नरहेको बताएका हुन् । 

त्यस्तै, अभिकर्ताहरुले जम्मा पहिलो एक पटकको कसिशन खानको लागि बीमा गर्ने प्रवृत्ति बढ्दा त्यसले पनि बीमा क्षेत्र बदनाम बनेको सिलवालले बताए । उनले त्यस्तो प्रवृति गलत रहेको र अभिकर्ताहरुले आचारसंहिता पालन गर्नुपर्ने बताए । 

Advertisement

सिलवालले भने, ‘हामीले एकल बीमाशुल्क बन्द गर्नु भन्नुको एउटै मात्र कारण छ त्यो भनेको बीमा क्षेत्रमा गैरकानुनी पैसा नभित्रियोस भन्नको लागि हो । अब जोखिमांकन गतिलो भयो भने एकल बीमाशुल्क गर्नै नहुने कुरा होइन भन्ने बीमक संघको धारणा छ । तर, मैले त आचारसंहिता हेर्ने हो । जहाँ नियम पालना हुँदैन्, त्यस्ता पोलिसिको समर्थन मैले गर्दिन ।’ 

एकल बीमाशुल्कसँगै बीमा समर्पण (सरेण्डर)को समस्या पनि छुटाउन नहुने सिलवालको भनाई छ । ‘बीमा भनेको त बीमित जोखिमहरु छन् र त्यसले उनीहरुलाई मर्कामा पार्नसक्छ भनेर सुविधा दिने हो । अब बीमा गर्न नपाई धमाधम समर्पण हुन्छ भने त्यो पनि त बीमितको कमजोरी नै हो । यस्ता अनावश्यक समर्पणको पनि हामीले खोजी गरिरहेका छौं । अनावश्यक समर्पण गरेको पाइएमा हामीले बीमितलाई घाटा हुनेगरि जरीवाना गर्न पनि तयार छौं’ उनले भने । 

सर्मपण रोक्नु बीमितकै लागि फाइदाको कुुरा भएको सिलावालले बताए । उनले भने, ‘जहाँ पनि बीमाको किस्ता सक्किए पनि पाइने सुविधा छिट्टै सरेण्डर गर्दाभन्दा धेरै हुन्छ ।’ अध्यक्ष सिलवालले छिट्टै समर्पण गर्ने, त्यस्तै, आचार संहितामा बस्न नरुचाउने र क्षक्षिक फाइदाका लागि एकल बीमाशुल्कको पोलिसि खोज्नेहरुले नै हो कि जस्तो लाग्छ भन्दै साच्चै मर्का परेर गरिसकेको बीमाबाट बाहिरिने हो भने त्यस्ता बीमितको संख्या कम हुनुपर्ने बताए । 

उनले एकल बीमाशुल्कबाट अवैध पैसा पनि आउन नहुने बताए । सिलवालले भने, ‘हामीले एकल बीमाशुल्क रोक्नेभन्दा पनि यसलाई नियन्त्रण गरौं भन्ने चाहेका थियौं तर, बीमा गरे जस्तो गर्नका लागि मात्रै बीमा गरेर त भएन नि । बीमा गर्दा पैसाको स्रोत र बीमितको आर्थिक क्षमता हेरेमा धेरै समस्याको समाधान हुन्छ ।’ 

दश वर्षको लागि बीमा गर्ने, दुई वर्षमा नै सरेण्डर गर्दा कमिसन खानको लागि मात्रै बीमा गर्ने गराउने गरेको देखियो भन्दै सिलवालले अब जति समयको बीमा हुन्छ, त्यति समयको मात्रै कमिशन अभिकर्ताले पाउने बताए । 

उनले भने, ‘एकल बीमाशुल्कमा धेरै पाटोहरु जोडिएका छन् । हामीले खाजेको अभिकर्ताले वास्तविक बीमा गराउनु पर्यो भन्ने हो । अभिकर्ताले एउटा कमिसनको लागि मात्रै बीमा गराउँदा बदनामी बढेको स्थिति देखियो । अभिकर्ता संघले पनि यस्ता कुरा हेरिदिनु पर्यो नि । बीमामा लाग्ने मान्छेले अन्तिमसम्म आफ्नो दायित्व पूरा गर्नुपर्छ नत्र गडबडी सुरु भइहाल्छ । 

Advertisement

Advertisement