काठमाडौँ । प्रभु बैंक र पोखरा, लेकसाइड स्थित चेली थकाली भान्छा घर बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
बैंकका तर्फबाट पोखरा शाखा कार्यालय प्रमुख पुष्कर शेरचन र चेली थकाली भान्छा घरका तर्फबाट प्रोप्राइटर दिनाङ्क शेरचनले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले चेली थकाली भान्छा घरद्धारा सञ्चालित फुड र वेभरेज सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।
सुविधा लिन चाहने ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, चेली थकाली भान्छा घरका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।