नेपालमा तारे होटलको संख्या १६१, अरु दर्जनौं थपिँदै

Advertisement

काठमाडौं । नेपालभरी एक तारेदेखि पाँच तारे होटलहरुको संख्या १६१ वटा रहेको पर्यटन विभागले जानकारी दिएको छ । नेपालकै पहिलो पाँच तारे डिलक्स होटल झापास्थित ‘होटल मेची क्राउन’ रहेको छ ।

अहिले पाँच तारेस्तरका होटलहरुको संख्या १७ वटा छन् । प्रदेश–१ मा पाँच तारा स्तरका होटलहरुको संख्या १, बागमतीमा १३, प्रदेश–५ मा ३ वटा छन् । चार तारेस्तरका होटलहरुको संख्या देशभर २७ वटा छन् । जसअनुसार प्रदेश–१ मा १, सुदूरपश्चिममा १, मधेशमा २, बागमतीमा ७, गण्डकीमा ६, प्रदेश–५ मा ९ वटा छन् । 

Advertisement

तीन तारेस्तरका होटलहरुको संख्या देशभर ३५ वटा छन् । जसअनुसार प्रदेश–१ मा ३, मधेशमा २, बागमतीमा २६, गण्डकीमा २, प्रदेश–५ मा २ वटा छन् । दुई तारे स्तरका होटलहरुको संख्या देशभर ४३ वटा छन् । जसअनुसार प्रदेश–१ मा १, मधेशमा ४, बागमतीमा २८, गण्डकीमा ७, प्रदेश–५ मा २ वटा छन् । 

एक तारेस्तरका होटलहरुको संख्या देशभर ३७ वटा रहेको विभागको भनाई छ । जसअनुसार प्रदेश–१ मा २, सुदूरपश्चिममा २, मधेशमा २, बागमतीमा २६, गण्डकीमा २, प्रदेश–५ मा २ वटा छन् । विभागका निर्देशक सूर्य उपाध्यायले नयाँ होटल थपिने क्रम बढ्नुका साथै होटल व्यवसायी पनि उत्साहित रहेको बताए । 

होटल संघ नेपाल (हान)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) टेकेन्द्रबहादुर महतले नेपालमा होटलहरुको संख्या बढ्ने क्रममा रहेको बताउँदै करिब ४० वटा नयाँ तारे होटल र साना होटलहरु एक सय भन्दा बढी दर्ता गर्ने कममा रहेको बताए । 

ठूलो होटलहरुको निर्माण कोरोना महामारीले गर्दा रोक्किए पनि अहिले तिनको निर्माणकार्य अघि बढेको उनले बताए । महतले एकै ठाउँ र एकै प्रकृतिको होटलभन्दा पनि फरक ठाउँमा फरक प्रक्तिको होटल खोल्नसक्दा राम्रो हुने देखिएको उदाहरण दिँदै भने,  अहिले बुटिक होटल, रिसोर्टहरुको अवधारणा छ । त्यसैगरी, हेरिटेज होटल, इको होटल जस्ता सोच पनि आएको छ । एउटै ढाँचाको मात्र भयो, एकै ठाउँमा मात्रै भयो भने ग्राहकहरुलाई रुचीअनुसार विकल्प पनि हुन्छ ।’

Advertisement

Advertisement