एक महिनादेखि बन्द मनकामना केबलकार शनिबारदेखि संचालनमा आउने

Advertisement

काठमाडौँ । केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको लागि साउन २३ गतेदेखि बन्द गरिएको मनकामना केबलकार आगामी शनिबार देखि सञ्चालनमा आउने भएको छ । 

कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको काम अघि बढाइरहेको र यस चरणमा स्टेशन का संपूर्ण नयाँ पार्ट्स पुर्जा फेरिएको छ । 

Advertisement

केबलकारको महतोपूर्ण पार्ट्स गोंडोलाको सबै ग्रिपहरु फ़ेरिएको छ । गिएर बक्सको चेक तथा अलायन्मेन्ट मिलाउने कार्यका साथै   ४ टावरहरुको पार्ट्स फेर्ने कार्य, हायड्रोलिक्स सिस्टमको चेक जाँच तथा पार्ट्स फेर्ने कार्य अलावा सम्पूर्ण टावरको निरीक्षण गरी पूर्णरूपमा टेस्टिङ र कमिशनिङ गर्ने काम पनि गरिएको कम्पनीले जनाएको छ । 
 

Advertisement

Advertisement