पर्वतारोही पूर्णिमा श्रेष्ठ वाइवाइ चाउचाउको ब्रान्ड एम्बासडर

Advertisement

काठमान्डौं । चौधरी ग्रुपले पर्वतारोही पूर्णिमा श्रेष्ठलाई वाइवाइ चाउचाउ तथा स्पिड इनर्जी ड्रिङ्क्सको ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । 

नेपालको पर्यटन प्रवर्द्धनमा विशेष भूमिका खेल्दै आएकी उनलाई साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने उद्देश्यका साथ ब्रान्ड एम्बासडर नियुक्त गरेको चौधरी ग्रुपले बताएको छ । 

Advertisement

आइतबार आयोजित कार्यक्रममा ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आरोही श्रेष्ठलाई ब्रान्ड एम्बासडर नियुक्त गरे । यसअघि सगरमाथासहित नेपालको आठ हजार मिटरभन्दा माथि उचाईका सात वटा हिमाल चढिसकेकी श्रेष्ठ बिना अक्सिजन मनास्लु हिमालको आरोहणमा जाँदै छिन । 

प्रबन्ध निर्देशक चौधरीले श्रेष्ठलाई वाइवाइको झन्डा प्रदान गरे । यो झन्डा श्रेष्ठले मनास्लु हिमालको चुचुरोमा फहराउने लक्ष्य लिएकी छन् । 

गोर्खाको आरुघाट ३ मा जन्मिएकी श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा परिचित नाम हो ।

Advertisement

Advertisement