बीमा समितिले न्यूनतम बोनस दरको प्रचार गराउन सकेन, ठगीधन्दा रोक्नुपर्छः तिवारी

Advertisement

काठमाडौं । बीमा कम्पनीहरुले अधिकतम् बोनसको प्रचार गर्नु गलत भएको बताउँदै पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्दप्रसाद तिवारीले यसमा बीमा समिति मुकदर्शक झन गम्भीर विषय भनेको बताएका छन् । 

अधिकांश बीमितले पाउने न्यूनतम बोनस भए पनि कम्पनीहरुले अधिकतम् बोनस दर प्रचार गर्ने गरेको भन्दै उनले यो सरासर ठगी धन्दा भएको तर्क गरे ।  

Advertisement

तिवारीले आफूहरुले बीमा सिमितसँग बोनसको अधिकतम् दर प्रचार गरेर न्यूनतम बोनस दिने गलत हो यसमा नियन्त्रण गर्नुपर्छ भन्दा पनि समिति मौन बसेको भन्दै लाखौं बीमितहरुलाई गलत सुचना दिनु पनि दण्डनीय कार्य हो भने । 

अभिकर्ताहरुले दबाब दिएकै कारण बीमा कम्पनीहरुले आफ्नो बोनस दर नघटाएको उनको भनाई छ । तिवारीले अर्थ मन्त्रालय, बीमा समिति र बीमा कम्पनीमा आफूहरुले ठूलो दबाब दिएका कारण बोनस दर नघटेको जिकिर गरे ।

उनले भने, ‘हामीले बीमा कम्पनीहरुलाई दबाब दियौं, बीमा समितिलाई दबाब दियौं र अर्थमन्त्री जनार्दन शर्मासम्मलाई दबाब दियौं । हामीले जनताले पाइरहेको बोनस दर घट्ने विषय राम्रो होइन भनेर पहिलेबाटै बीमितलाई जानकारी दिलायौं ।’

अर्थमन्त्री शर्मालाई भेट्दा उनले बीमितको बोनस दर घट्न नहुने कुरामा सहमत भएको र बरु बढाउन पहल गर्नुपर्ने बताएको स्मरण गराउँदै तिवारीले भने, ‘बीमा कम्पनीहरुले सकेसम्म बीमितले पाउने बोनस दर घटाउँछन् । यस्तो किन गर्छन् भने शेयरधनीहरुलाई सकेसम्म धेरै लाभांश दिन रिजर्भ राख्न चाहान्छन् । शेयरधनीलाई खुशी पार्न बीमितले पाउने बोनस घटाउन खोज्नु कसरी जायज हुनसक्छ ?’ 

फ्युचर बोनस प्रोभिजनिङमार्फत कम्पनीलाई बलियो बनाउने कुरा सकारात्मक भए पनि शेयरधनीलाई बढी फाइदा दिन बीमितलाई बोनस घटाउने कुरा उचित नरहेको उनको तर्क छ । तिवारीले कम्पनी खोल्ने मालिकले जनताले पाएको सुविधा कटाएर भन्दा पनि कम्पनीको नाफा बढाएर त्यसबाट रिजर्भ राख्नुपर्छ भन्दै यही कुरा आफूहरुले बारम्बार उठाउने गरेको बताए । 

उनले भने, ‘यहाँ त कम्पनी खोलेको केही वर्षमा नै संस्थागत शेयरधनीले दशौं गुणा मुनाफा आर्जन गर्छन् । तर बीमितले १५ वर्षमा पनि दोब्बर नपाउने हो भने अन्याय हुन्छ । बीमामा आकर्षण घट्दै जान्छ ।’ बीमितहरुलाई ठगिन नदिन आफूहरुले निरन्तर प्रयास जारी राख्ने तिवारीले बताए । 

कतिपय कम्पनीले अहिले पनि २०–२५ रुपियाँका दरले बोनस दिइरहेको उदाहरण दिँदै उनले जनता झुक्काउन पाइन्न भनेर आफूहरुले बोनस दर प्रस्ताव फारममा नै बोनस दर लेख्नुपर्छ भनेर आवाज उठाउने गरेको सुनाए । तिवारीले भने, ‘जनता झुक्याएर बीमाको व्यवहार राम्रो हुँदैन । बीमा कम्पनीले कहिले पनि हालको बोनस दर दिन सकेका छैनन् । यहाँ त अधिकतम् बोनस दरलाई मात्रै हाइलाइट गरिन्छ ।’

बीमा कम्पनीले बीमितलाई ढाँटेर करार गर्न मिल्दैन भन्दै उनले अधिकतम् बोनस दर पाउने थोरै हुने भएकाले धेरै पाउने बोनस दर प्रचार गरिनुपर्ने बताए । ठगी धन्दा बदाको लागि बन्द गर्न समितिले कडाई गर्नुपर्ने तिवारीले बताए । 

Advertisement

Advertisement