प्रचण्डले छाडेको चितवन क्षेत्र नं ३ मा डा. अधिकारी सत्ता गठबन्धनका उम्मेदवार

Advertisement

चितवन । नेकपा (माओवादी केन्द्र) ले चितवन क्षेत्र नं ३ मा डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाउने भएको छ । सो निर्वाचन क्षेत्र सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रको भागमा परेको छ ।
 
विसं २०७४ को चुनावमा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोही क्षेत्रबाट निर्वाचन जितेका थिए । डा. अधिकारी संघीय अस्पताल भरतपुर अस्पतालको अध्यक्ष हुन् । उनले आजै राजीनामा दिएर उम्मेदवारी दिने जानकारी बताए ।

उनी माओवादीको स्वास्थ्य जनसङ्ख्या विभागको केन्द्रीय सचिव छन् ।  

Advertisement

Advertisement

Advertisement