लिडरसिप एकेडेमी र जोन ग्राजुयट स्कूलले अमेरिकामा गरे नेतृत्व विकास सम्बन्धी कार्यक्रम

Advertisement

काठमाडौं । लिडरसिप एकेडेमी नेपाल तथा जोन ग्राजुयट स्कूल अफ बिजनेशले असोज ३ गतेदेखि ९ गतेसम्म नेतृत्व विकास सम्बन्धी कार्यक्रम सम्पन्न गरेका छन् । 

राइस युनिभर्सिटी अन्तर्गतको उक्त बिजनेश स्कूलले अमेरिकामा अवस्थित हस्टन शहरमा उक्त कार्यक्रम गरिएको हो । 

Advertisement

नेपालका बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीहरु सो कार्यक्रममा सहभागी भएका थिए । अन्तर्राष्ट्रिय स्तरका प्रोफेसरहरुले कार्यक्रममा विभिन्न अवधारणा पत्र प्रस्तुत गरेका थिए । 

अमेरिकामा रहेका विभिन्न विश्वविद्यालय मध्ये मुख्य पन्ध्रको सूचीमा राइस युनिभर्सिटी समेत पर्ने गर्छ । उक्त विश्वविद्यालयले एमबीए र व्यवसायिक विषयमा आफूलाई विश्वस्तरमा अब्बल साबित गर्दै आएको छ । 

कार्यक्रममा आर्थिक क्षेत्रसँग सम्बन्धित विभिन्न अवसर र चुनौतीहरु माथि पनि छलफल गरिएको थियो । राइस युनिभर्सिटीका एसोसियट डिन माइकेल कोइङले लिडर्सिप एकेडेमी र आफ्नो विश्वविद्यालयले गर्दै आएको सहकार्य सम्बन्धि प्रकाश पारेका थिए । 

 


 

Advertisement

Advertisement