गौतमबुद्ध विमानस्थलमा जजिराले रोक्यो दैनिक उडान, अब सातामा तीन दिनमात्रै
file photo

Advertisement

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्दै आएको जजिरा एयरवेजले दैनिक उडान रोकेको छ ।

दैनिक हुँदै आएको उडानलाई अब सातामा तीन पटक गर्न लागिएको हो । यात्रु नभएको बताउँदै जजिराले दैनिक हुँदै आएको उडानलाई सातामा तीन पटक गर्ने जनाएको छ । 

Advertisement

जजिरा एयरवेजले असोजको २६, २७ र २८ गते हुनुपर्ने उडान रोकेपछि सो हवाईजहाज हुँदै वैदेशिक रोजगारीमा जाने यात्रुसहित अन्य यात्रुसमेत प्रभावित भएका थिए । 

यात्रुहरु गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमै रातभरी बसेर विमान कुरे पनि जजिराले उडान गरेन । तीन दिनसम्म जम्मा भएका यात्रुहरुमध्ये केही पर्यटक मात्र बोकेर शनिबार जजिराले एउटा उडान भरेको गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।  

दाहालले जजिरा एयरवेजको आधिकारिक प्रतिनिधिले जहाजको लिज सकिएको र नयाँ जहाज खरिद गर्ने प्रक्रियामा रहेको कारण नियमित उडान प्रभावित हुने जानकारी गराएको बताए । 


 

Advertisement

Advertisement