झण्डै रु. चार करोड लगानीमा सिन्धुलीमा ‘मञ्जरी रिसोर्ट एण्ड एग्रो होम’ सञ्चालन

Advertisement

काठमाडौं । सिन्धुरीमा पाँच जना मिलेर झण्डै चार करोड रुपियाँ लगानीमा ‘मञ्जरी रिसोर्ट एण्ड एग्रो होम’ सञ्चालनमा आएको छ । रिसोर्ट सञ्चालनमा ल्याएको केही समय भए पनि औपचारिक उद्घाटन भने बाँकी रहेको रिसोर्टका प्रबन्धक प्रविन दाहालले बताए । 

सिन्धुलीगढी र सिन्धुलीस्थित भद्रकाली मन्दिरलाई लक्ष्यित गरी सञ्चालन  गरिएको मञ्जरी रिसोर्ट झण्डै एक विघा क्षेत्रफलमा फैलिएको छ । दाहालले ४० देखि ४५ जना मानिसलाई एक साथ सेवा दिन सक्ने क्षमताको यो रिसोर्टको रेस्टुरेन्टमा एकसाथ सयभन्दा बढीलाई सेवा दिन सकिने बताए । 

Advertisement

औपचारिक सञ्चालनमा आएपनि प्याकेज प्रणाली सुरु गर्ने उनले बताए । दाहालले भने, ‘हामीसँग अहिले एउटा सेमिनार हल छ । अर्को ठूलो हल पनि निर्माण भइरहेको छ । यहाँ आएका पर्यटकहरुले राम्रंो वातावरण पाएकाले मन पराउनुभएको छ । रिसोर्टबाट सिन्धुलीको फाँटहरु देखिन्छ । मौसम सफा रह्यो भने तराइका कतिपय ठाउँहरु पनि देख्न सकिन्छ ।’ 

मन्जरी रिसोर्टमा अहिले आउने अधिकांश पर्यटक आन्तरिक छन् । वितारै विदेशी पर्यटकहरु पनि आउन थाल्ने दाहालको विश्वास छ । उनले अहिले आएका पर्यटकलाई राम्रो सेवा सुविधा दिएर रिसोर्टको छुट्टै पहिचान बनाउने प्रयासमा आफूहरु लागेको बताउँदै राम्रो सेवा र पूर्वाधार तयार गर्न सकेपछि विदेशी पर्यटक आउँदा पनि सहजरुपमा सेवा दिन सकिने विश्वास व्यक्त गरे । 

दाहालले भने, ‘म आफू पनि एउटा ट्रेनर हुँ । तालिमहरु पनि दिइरहेको छु । यस क्षेत्रमा काम गर्ने मानिस कम पाइन्छ । त्यसमाथि हामीलाई तालिम प्राप्त र अनुभवी नै चाहियो । केही नयाँ हुनुहुन्छ । उहाँहरुलाई यहाँ ल्याएर तालिम दिएर काममा राखेका छौं ।’ 

उनले मन्जरी रिसोर्ट एग्रो (कृषि) रिसोर्ट भएको पनि दावी गरे । रिसोटलाई एग्रो होम पनि भनिन्छ भन्दै दाहालले स्थानीय फलफुल रिसोर्टभित्रै उत्पादन गरेर ग्राहकहरुलाई दिने योजना गरेको बताए ।  

प्रबन्धक दाहालले सिन्धुलीगढी माथी सांस्कृतिक कार्यक्रम गर्ने एउटा समूह रहेको जानकारी दिँदै उक्त समूहसँग सम्झौता गरेर साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने योजना बनाएको पनि सुनाए । रिसोर्टले मनोरञ्जनका लागि पिङको व्यवस्था गरेको र चाँडै जिपलाइन स्केटिङ, साइकल जिपलाइन ल्याउने योजना रहेको जानकारी दिएको छ । 


 

Advertisement

Advertisement