सानिमा लाइफको ‘दीर्घायु बीमा योजना’, जीवन रहँदा–नरहँदा दुवै अवस्थामा लाभ पाइने

Advertisement

काठमाडौं ।  सानिमा लाइफ इन्स्योरेन्सले जीवन रहँदा र नरहँदा दुवै अवस्थामा लाभ पाइने ‘दीर्घायु बीमा योजना’ संचालन गरिरहेको छ । यो योजना पछिल्लो समय ग्राहकमाझ लोकप्रिय हुँदै गएको कम्पनीले जनाएको हो ।

एक त भविष्यमा आउने जोखिमलाई रक्षावरण गर्न दीर्घायु बीमाले सघाउँछ भने अर्को बीमितले आफ्नो बीमा अवधि पूरा भएमा बीमांक तथा बोनस पाउन सक्छन् । 

Advertisement

यस्ता छन् दीर्घायु बीमा योजनाका विशेषताहरु
‘दीर्घायु बीमा योजना’ले अन्य बीमा योजना जस्तै बीमा अवधिसम्मको जोखिम बहन गर्नुका साथै बीमा अवधिपछि पनि बीमितलाई सय वर्षसम्म रक्षावरणको सुविधा दिन्छ । 

त्यस्तै, बीमितले आफै सय वर्षसम्म बाँचेको अवस्थामा यस योजनाले बीमितलाई एक पटक बीमा अवधि सक्किदा र अर्को पटक सय वर्ष पूरा भएको अवस्थामा भुक्तानी प्रदान गर्छ ।

दीर्घायु बीमा योजनामा सहभागी हुन कम्तीमा १६ तथा बढीमा ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ । यस बीमामा बीमाशुल्क बुझाउने अवधि कम्तीमा पाँच वर्षदेखि बढीमा ५४ वर्षसम्म रहेको छ । 

दीर्घायु बीमाको अधिकतम् रुपमा बीमा अवधि पूरा हुने समय ७० वर्ष तोकिएको छ । उक्त अवधिको हाराहारीमा पर्ने बीमितको जन्मदिनलाई नै कम्पनीले बीमा अवधि पूरा भएको मान्नेछ । 

‘दीर्घायु बीमा’ न्यूनतम एक लाख रुपियाँदेखि गर्न मिल्छ भने अधिकतम् असिमित रहेको कम्पनीले जनाएको छ । त्यस्तै, दीर्घायु बीमा गरेका बीमितहरु कुनै किसिमको दुर्घटनामा परेमा कम्पनीले ३० लाख रुपियाँसम्मको थप सुविधा (राइडर बेनिफिट) दिने जनाएको छ । 

सोही सुविधाअन्तर्गत बीमा गराएपछि बीमितलाई ११ किसिमका कुनै पनि घातक रोग लागेका कम्पनीले उपचार खर्च दिने व्यवस्था छ । ठूला रोग लाग्दा धेरै खर्च हुने भएकाले कम्पनीले बीमितलाई यस्तो सुविधा दिने जनाएको हो । 

सनिमा लाइफले आफ्नो ‘दीर्घायु बीमा योजना’ जीवन रहँदा र नरहँदा दुवै अवस्थामा काम लाग्ने भएकाले ग्राहकहरुमाझ लोकप्रिय बन्दै गएको बताएको छ । 

Advertisement

Advertisement