प्याराग्लाइडिङ उडानबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन

Advertisement

काठमाडौं । नेपालमा प्याराग्लाइडिङ उडान सुरक्षित गर्न उच्चस्तरीय छानबिन समिति गठन भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डेको संयोजकत्वमा बुधबार एक समिति गठन गरिएको हो ।  

प्याराग्लाइडिङ सेवामा देशभर लगाइएको प्रतिवन्ध छानबिन समितिको प्रतिबेदन नआएसम्म जारी रहने उनले बताए । समितिले प्रतिवेदन दिएपछि सोही समितिको सिफारिसका आधारमा नयाँ निर्णय हुने छ । 

Advertisement

समितिमा ७ जना भन्दा बढी सदस्य छन् । समितिलाई यथाशिघ्र प्रतिवेदन दिने गरी कार्यादेश दिइएको उनले बताए । समितिमा नेपाल हवाई खेलकुद संस्था, राष्ट्रिय खेलकुद परिषद्, चिकित्सा क्षेत्रबाट समेत प्रतिनिधित्व गराएर अध्ययन गरिने उनले जानकारी दिए । 

नवौं राष्ट्रिय खेलकुदका क्रममा पोखरामा आइतबार एक खेलाडीको प्याराग्लाइडिङ उडानका क्रममा खसेर मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभरका प्याराग्लाइडिङ उडानहरु अनिश्चितकालका लागि बन्द गरेको छ । 

Advertisement

Advertisement