नेपालमा जंगली याक रहेको पुष्टि गर्ने वन्यजन्तु फोटोग्राफर चुङ्बा प्रधानमन्त्रीबाट सम्मानित

Advertisement

काठमाडौं । वन्यजन्तु (वाइल्डलाइफ) फोटोग्राफर चुङ्बा शेर्पा प्रधानमन्त्री शेरबहादुर देउवाबाट सम्मानित भएका छन् । नेपालमा जंगली याक रहेको पुष्टि गर्ने उनलाई बिहीबार राष्ट्रिय प्रकृति संरक्षण कोषको ४०औ वार्षिकोत्सवको अवसरमा देउवाले सम्मानपत्र प्रदान गरे । 

खुम्बु पासाङल्यामु गाउँपालिकाका ६२ वर्षका वन्यजन्तु फोटोग्राफर शेर्पाले कोषलाई वन्यजन्तु फोटोग्राफीमा पुर्याएको योगदानका लागि सम्मान गरेको हो । शेर्पाले आफूले खिचेको जंगली याकको तस्वीर सरकारका विभिन्न निकाय र मन्त्रीहरुलाई प्रदान गरेका थिए । 

Advertisement

उनले प्रधानमन्त्रीबाट सम्मानित हुन पाउँदा खुःसी लागेको बताउँदै भने, ‘यो मेरो ४० दिनमा तेस्रो सम्मान हो । यो प्रोत्साहनले वाइल्डलाइफ फोटाग्राफीमा थप काम गर्ने हौसला मिलेको छ ।’ 

पर्यटन व्यवसायीसमेत रहेका उनी यती एअरलाइन्समा समेत लामो समय काम गरेर अवकाश पाएका व्यक्ति हुन । अवकाशको जीवनमा केही गरेर देखाउन शेर्पा वन्यजन्तु फोटाग्राफीमा लागेका थिए । 

शेर्पाले केही समयअघि हुम्लाको लाप्चामा अति दुर्लभ जङ्गली चौरी (याक)को तस्वीर खिच्न सफल भएका थिए । यसअघि नेपालमा यस्तो याक रहेको नरहेको दावी गरिँदै आएको थियो । 

Advertisement

Advertisement