मुम्बई र बैङ्लोर निगमले बनायो हवाई सेवा र पर्यटन प्रबर्द्धन सम्बन्धी रणनीति

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगम र जनरल सेल्स एजेन्ट (जीएसए) को संयुक्त आयोजनामा भारतको मुम्बई र बैङ्लोरमा हवाई सेवा तथा पर्यटन सम्बद्ध प्रतिनिधिहरुसँग सेल्स मिट र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमले स्थापनाकालदेखि नै भारतका विभिन्न गन्तव्यहरुमा उडान गर्दै आएकोमा हाल मुुम्बई, दिल्ली र बैङ्लोरमा नियमित रुपमा भरपर्दो, सुलभ र गुणस्तरीय हवाई सेवा प्रदान गर्दै आएको बताए । 

Advertisement

कोरोना महामारीको कारण विश्वव्यापी रुपमा हवाई सेवामा आएको संकुुचनबाट निगम पनि मुक्त नभएको सन्दर्भमा हाल यसमा भएको सुधारस“गै निगमको उडानमा पनि क्रमशः विस्तार हुँदै गएको र आगामी दिनमा चीनको ग्वान्जाउ, भारतको अहमदावाद र सिंगापुर हुँदै अष्ट्रेलिया जाने लक्ष्य रहेको बताए । 

नेपालमा पर्यटन क्षेत्रको विकास तथा प्रवद्र्धन गर्नको लागि नेपाल सरकारले सन् २०२३– २०३३ को अवधिलाई पर्यटन दशकको रुपमा घोषणा गरेको, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसमेत सञ्चालन हुने चरणमा रहेकोबाट नेपालमा हवाई सेवा र पर्यटन प्रवद्र्धन हुने अवस्थामा भएको हुँदा यसमा निगमको अग्रणी भूमिका रहने भएकोले निगमको सेवालाई समयसापेक्ष थप प्रभावकारी बनाउँदै लैजाने समेत बताए । 

निगमको व्यापार तथा बिक्री प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित उक्त अन्तरक्रियात्मक कार्यक्रममा निगमको अर्थ विभागकी निर्देशक तथा निगमका कानूनी सल्लाहकार वरिष्ठ वकिल तथा पूर्व महान्यायाधिवक्ता सुशिल पन्त साथै सुपरिचत संगीतकार रणजीत गजमेर सहितको सहभागितामा सम्बद्ध क्षेत्रका नेपाली प्रतिनिधिहरु, १२० भन्दा बढी ट्राभल एजेण्ट, कार्गो एजेण्ट र जीएसएबीच सेल्स स्ट्राट्रेजीजसँग सम्बन्धित विभिन्न विषयहरुमा छलफल तथा विमर्श भएको थियो । नेपाली समुदायका तर्फबाट भरत रावल, विष्णु रावल, देवेन्द्र विक्रम साहको उपस्थिति थियो । 
 

Advertisement

Advertisement