गोदावरीमा पर्यटन प्रवर्द्धन गर्न तीनसय ‘साइक्लिट सहभागी ‘गोदावरी साइक्लोथोन’ आयोजना हुने

Advertisement

काठमाडौं । गोदावरीमा पर्यटन प्रवद्धर्नन गर्न तीनसय ‘साइक्लिट’ सहभागी ‘गोदावरी साइक्लोन’ आयोजना हुने भएको छ । गोदावरी उद्योग वाणिज्य संघले गर्न लागेको यो कार्यक्रमलाई नेपाल पर्यटन बोर्डले सहयोग गर्नेछ । 

कार्तिक ९ गते आयोजना हुने यो कार्यक्रममा राष्ट्रिय तथा अन्तर्रास्ट्रियस्तरका तीनसय साइक्लिस्ट सहभागी हुने संघले जानकारी दिए । यात्रामा नेपाली सेना तथा सशस्त्र प्रहरी लगायत हालै पोखरामा सम्पन्न राष्ट्रिय खेलकुदमा सहभागी साइक्लिस्टको समेत सहभागिता रहने संघका अध्यक्ष जगतनाथ महर्जनले बताए छ । 

Advertisement

साइकल यात्रा गोदावरी नगरपालिकाको प्रशासकीय भवन बज्रबाराहीबाट सुरु भएर नगरपालिकाका १४ वटै वडाको परिक्रमा गर्ने उनले जानकारी दिए । साइकल यात्राको दुरी ५० किलोमिटर हुने छ । 

पर्यावरण पर्यटनको माध्यमबाट गोदावरी क्षेत्रमा पर्यटन व्यवसाय विस्तार गर्न, अन्तर्राष्ट्रिय संस्कृतिक सम्पदा सूची वर्ल्ड हेरिटिज् साइट पाटन दरबार क्षेत्र लगायतमा भ्रमण गर्न आउने पर्यटकलाई आकर्षित गर्न, यस क्षेत्रमा अद्यमशीलताको विकास गर्दै स्वरोजगारी प्रवर्द्र्धन गर्न, पर्यटक उद्योगहरु लगायत औद्योगिक लगानी आकर्षण गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गर्न लागेका मर्हजनले बताए । 

कार्यक्रममा सरकारका पूर्वसचिव भरत थापा, सगरमाथा आरोही तथा महिला पत्रकार कल्पना महर्जन, सञ्चारकर्मी कृष्णा ताम्राकार, बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐयर, एथलेटिक खेलाडी तथा माउन्टेन बाइक क्रस कन्ट्रिकी साउथ एशियन विजेता लक्ष्मी मगर, साइक्लिस्ट सशस्त्र प्रहरीका लक्ष्मण मल्ल लगायतको सहभागिता रहेको थियो । 

Advertisement

Advertisement