शौर्य सिमेन्टले ल्यायो ‘शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल’ अफर

Advertisement

काठमाडौं । शौर्य सिमेन्टले ‘शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल’ अफर सार्वजनिक गरेको छ । १५ कात्तिकदेखि देशव्यापीरूपमा सुरु भएको यो योजना आगामी ३० पुससम्म लागू हुने कम्पनीले जनाएको छ ।

यस योजनाअन्तर्गत उपभोक्ताले हरेक ५० बोराको खरिदमा १ प्रति कुपन प्राप्त गरी हातखाली नजाने ५०० देखि १० हजार रुपियाँसम्मको कुपन स्क्र्याच गरी नगद प्राप्त गर्न सक्नेछन् ।

Advertisement

त्यसैगरी, ५० बोरा भन्दा बढीको खरिदमा, एक भन्दा बढी कुपन प्राप्त गर्दा, शून्य अंक उल्लेखित कुपन परेको खण्डमा आफ्नो अर्को कुपनमा भएको रकम पछाडि शून्य थप गरी १ लाख रुपियाँसम्म नगद प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।

Advertisement

Advertisement