काठमाडौं । कर्मचारी सञ्चय कोषले धितोमा आधारित कर्जा लिएका सञ्चयकर्तालाई किस्ता नियमित तिर्न आग्रह गरेको छ ।
कोषले विभिन्न शाखा र मितिमा लिएको कर्जाको किस्ता नियमित तिर्न भनेको हो ।
लगनखेललगायतका अन्य शाखाबाट घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल कर्जा सापटी जस्ता कर्जा लिएर कोषलाई बुझाउनुपर्ने चालू आवको पहिलो त्रैमासको किस्ताबापतकाे सावाँ-ब्याज रकम यही असोज मसान्तसम्म तिर्न आग्रह गरेको छ ।
साथै, नियमित त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने ऋणीलाई कोषको नियमानुसार ०.२५ प्रतिशत ब्याज छुटसमेत दिने कोषले जनाएको छ ।
कर्जा नियमित नतिरेमा कर्मचारी सञ्चय कोष, सञ्चयकर्ता कर्जा असुली विनियम, २०७९ बमोजिम प्रक्रिया अगाडि बढाइने पनि कोषले जनाएको छ ।
त्यस्तै, केवाईसी अपडेट नभएका सञ्चकर्तालाई शीघ्र नजिकको शाखामा गई अपडेट गर्न पनि कोषले भनेको छ ।