लाभांश प्रस्तावसहित रु रु जलविद्युत् परियोजनाले डाक्यो साधारणसभा

Advertisement

काठमाण्डौं । लाभांश प्रस्तावसहित रु रु जलविद्युत परियोजनाले वार्षिक साधारणसभा आह्वान गरेको छ । 

सभा कात्तिक ११ गते लिसरा रिसेप्सन, नक्सालमा काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

Advertisement

सभामा गत आवका लागि सञ्चालक समितिद्वारा प्रस्तावित १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ ।

त्यस्तै सभाले कम्पनीको बोनस शेयर जारी गर्ने तथा हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीको अधिकृत पूँजी, जारी पुँजी तथा चुक्ता पुँजीलाई आवश्यकता अनुसार वृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने, तथा प्रस्तावित बोनस शेयर जारी गरेपश्चात कायम हुन आउने चुक्ता पुँजीको १ः०.८० अनुपातमा हकप्रद शेयर जारीलगायतका प्रस्ताव पारित गर्नेछ । 

सभामा गत आवको कम्पनीको लेखापरीक्षण प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०८०र०८१ अवधिको वित्तिय विवरणमाथि छलफल गरी पारित गर्नेछ । त्यस्तै, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण पनि सभाले गर्नेछ । 

सभा प्रयोजनार्थ कम्पनीले असोज ३० गते एक दिन बुक क्लोज गर्नेछ । त्यसैले असोज २९ गतेसम्म कायम भएका शेयरधनी मात्रै सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

Advertisement

Advertisement