महालक्ष्मी लाइफले अभिकर्ताहरुलाई दियो सम्पत्ति शुद्धीकरण निवारण तालिम

Advertisement

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कम्पनीका विभिन्न देशै भरीका शाखा तथा उपशाखामा कार्यरत एजेन्सी म्यानेजर, चिफ एजेन्सी म्यानेजहरुको लागि आयोजित सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम चितवनको सौराहा स्थित होटल सेभेन स्टारमा सम्पन्न गरेको छ। 

उक्त कार्यक्रममा देशै भरीबाट ७० जनाभन्दा बढी एजेन्सी म्यानेजरहरुलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत प्रशिक्षण गराइएको थियो ।

Advertisement

गैर कानुनी कमाई र आतंकवादी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले शुद्धीकरण गर्ने कार्यलाई कसरी नियन्त्रण गर्ने, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदी विषयमा विस्तृत जानकारी दिइयो । 

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले कार्यक्रमको महत्व तथा प्रभावकारीताको बारेमा प्रकाश पारेका थिए । कम्पनीका अनुपालन अधिकृत तथा चार्टर्ड एकाउन्टेन्ट कपिल आचार्यले उक्त कार्यक्रममा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा प्रशिक्षण दिएका थिए । 

साथै कार्यक्रममा कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमला, विभागिय प्रमुख  योगेशकुमार नेपाल, श्रीजन श्रेष्ठ र कम्पनीका बागमती प्रदेश प्रमुख रामप्रसाद भुसालको समेत उपस्थिती थियो।

Advertisement

Advertisement