बढ्दो ब्याजदरबारे  असन्तुष्टि बढ्न थालेपछि उद्योग वाणिज्य महासंघको आकस्मिक बैठक बस्दै

Advertisement

काठमाडौं । बैंकहरुले ऋणको ब्याजदर निकै बढाएपछि नेपाल उद्योग बाणिज्य महासंघले आकस्मिक बैठक बोलाएको छ । आज बुधबार बेलुकी बसिरहेको यस बैठकमा बैंकको चर्को ब्याजदरबाट उद्योगी व्यवसायीमा परेको प्रभाव र निकासका विषयमा छलफल हुँदैछ । 

चर्को ब्याजदरका कारण धेरै उद्योग व्यवसाय निकै प्रभावित हुनुका साथै कतिपय व्यवसायीबाट आत्महत्याका घट्नासमेत भएका समाचार आउन थालेपछि महासंघ यस विषयमा गम्भीर भएको हो । 

Advertisement

महासंघका अध्यक्ष शेखर गोल्छा मुलुकबाहिर रहेकाले ढिलो भएको यो बैठक उनी आउनासाथै बसेको हो । बैंकको चर्को ब्याजदरको विरोध गर्दै केही दिनअघि व्यवसायी सडकमै उत्रिएका थिए । 

अर्थतन्त्र धरासायी हुँदै गएको बेलामा नेपाल राष्ट्र बैंक तथा सरकारी निकायले उद्योग व्यवसायको समस्याप्रति उदासिन बनेको महासंघको भनाई छ । ऋणको ब्याज दर अहिले बढेर साढे १८ प्रतिशतसम्म पुगेको भन्दै व्यवसायीहरुले विरोध जनाउँदै आएका छन् । यतिबेला मुलुक आर्थिक मन्दीतर्फ जानुका साथै उद्योग व्यवसाय निकै प्रभावित भए पनि सरकार र राजनीतिक दलहरु निर्वाचनमा केन्द्रीत भएको अवस्था छ । 

Advertisement

Advertisement