इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर सेगवे सार्वजनिक

Advertisement

काठमाडौँ । सेगवे–नाइनबोटले नेपालमा आफ्नो इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर श्रेणीमा थप नयाँ–सेगवे ई११०एल सार्वजनिक गरेको छ । सेगवे इ–स्कुटर ई११०एल मध्यदेखि लामो दूरीको यात्राको लागि अत्याधुनिक, कुशल इलेक्ट्रिक स्कुटर हो । 

यस मोडलमा अग्रणी टेक्नोलोजी र हेवी–ड्युटी पर्फमेन्सकोे एक समानान्तर मिश्रण रहेको छ । ई११०एल मा विभिन्न इण्डष्ट्री लिडीङ्ग उत्कृष्ट फिचरहरु समावेश गरिएको छ र यसले  प्रभावशालीे प्रदर्शन प्रदान गर्दछ । २४०० वाटको अधिकतम मोटर पावर र ७२भी २४ए ब्याट्री क्षमताको साथ इ–स्कुटरले ११० किलोमिटर भन्दा बढीको यात्रा गर्न सक्दछ । 

Advertisement

सेगवे–नाइनबोट ब्रान्ड दुई पाङ्ग्रे सेल्फ–ब्यालेन्सिङ्ग व्यक्तिगत ट्रान्सपोर्टर को लागी एक प्रख्यात ब्रान्ड हो । यस कम्पनीले छोटो दूरीको यात्राको लागि विकल्प र रोबोटिक सेवाहरू उत्पादन गरी आएको छ । आई हव प्रालि नेपालमा सेगवे–नाइनबोटको आधिकारिक आयातकर्ता र वितरक हो ।

इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर सेगवे ई११०एल अब नेपाली बजारमा उपलब्ध छ । सेगवेले नेपालीे बजारमा पहिला देखि नै ई१०० र ई१२५ को प्रवद्र्न गर्दै आईरहेको छ । उक्त मोडेलहरुले ग्राहकको मन जित्न सफल भैसकेको छ । 

ग्राहकहरुको ब्राण्ड प्रतिको यही अभिरुचिलाई ध्यानमा राखी सेगवेको विश्व बजारमा रहेको उच्चतम प्रविधिका साधनहरु नेपाली बजारमा ल्याउने क्रममा ई११०एल ग्राहकहरु माझ प्रस्तुत गरेको हो । यसका साथै आई हब प्रा.लि बजार व्यवस्थापन, विक्री सेवा तथा बिक्री पश्चात्का सेवाहरुलाई थप सशक्त बनाउने भएको छ ।

सेगवेले स्कुटर होस् या रोबोट आफ्ना सम्पूर्ण उत्पादनहरूमा उत्कृष्टता निश्चित गरेको छ । यो ब्रान्ड एक ट्रेन्डसेटर भएको छ र यसका सबै उत्पादनहरू विश्वव्यापी स्तरमा प्रयोग भईरहेका छन् । यसका उत्पादनहरु मितव्ययी हुनुका साथै ठूलो बजारलाई आकर्षित गरिरहेको छ । नयाँ सार्वजनिक र रोमाञ्चक उत्पादनहरूका साथ सेगवेले साझा मोबिलिटी क्रान्ति र नवीन समाधानहरूका साथ नेपालको सवारीसाधन बजारमा थप विस्तार गर्ने आफ्नो महत्वाकांक्षालाई पुनः बलियो बनाएको छ ।

सेगव ई११०एल को सञ्चालन इलेक्ट्रोनिक सिट लक, ब्याट्री कम्पार्टमेन्ट लक र टेलबक्सहरू सहित १०० प्रतिशत कीलेस छ । यो सेगवले लन्चर एप र एड्मीन ड्यासबोर्ड सँग कार्य गर्दछ । यसले फ्लीट अपरेटरहरू र राइडरहरूलाई सजिलैसँग आफ्नो सवारी साधनहरू व्यवस्थापन गर्न र सवारी चलाउन सक्षम बनाउँछ ।

Advertisement

Advertisement