खेलकुदको योजनामा तँछाडमछाड भयो, बुझेर यो क्षेत्रको विकास गर्नु जरुरी छः राजेश हमाल

Advertisement

काठमाडौं । नायक राजेश हमालले खेलकुदले समाजलाई एकतावद्ध गर्न सहयोग पुग्ने बताएका छन् । शुक्रवार आयोजित एक कार्यक्रममा उनले खेलकुद खेलमा मात्रै सिमित नभई समाजलाई एकतावद्ध गराउने माध्यम भएको बताए ।

हमालले खेलकुदलाई उत्साहजनक रुपमा लिनुपर्ने र यसको प्रवद्र्धनमा जोड दिनुपर्ने बताउँदै खेलकुदले राष्ट्रमा मात्रै सिमित नभई अन्तर्राष्ट्रियस्तरमा पनि चिनाउने भएकाले खेलकुदलाई बुझेर विकास गर्न जरुरी रहेको बताए । 

Advertisement

हमालले ठूला राष्ट्रहरु अन्तर्राष्ट्रियस्तरका खेलहरुको आयोजना गर्न तँछाडमछाड गर्नुको कारण देशको अर्थतन्त्र, राजनीतिक चुनौती र सामाजिक कुरालाई सन्तुलन बनाइराख्न पनि भूमिका खेल्ने बताए । उनले भने, ‘स्पोर्टिङ इभेन्ट्स खाली एउटा स्पोर्ट्समा मात्रै निर्धारित नभएर स्पोर्टिङ इभेन्ट्सले समाजलाई ऐक्यवद्धता गर्ने, युनाइट गर्न पनि ठूलो भूमिका खेल्ने गर्छ ।’ 

हमालले थपे, ‘स्पोर्टिङ इभेन्ट्स उत्साहजनक रुपमा कुनै एउटा शहरमा, राष्ट्रमा हुन्छ । त्यसले अन्तर्राष्ट्रियस्तरमा पनि बेग्लै किसिमको प्रभाव पारेको हुन्छ । राष्ट्रियस्तरमा दर्शकले दिएको माया, उत्साहहरुले विभिन्न किसिमका चुनौतीका बाबजुद पनि चाहे राजनीतिक चुनौती होस्, चाहे सामाजिक, आर्थिक चुनौती होस्, कहीँ न कहीँ राष्ट्रमा सन्तुलन छ । एउटा अर्गनाइज हिसावले चलेको छ भन्ने छवि बसाल्छ । त्यसैले खेलकुदको त्यो महत्व छ । ठूला राष्ट्रहरु अन्तर्राष्ट्रिय इभेन्टका लागि तँछाडमछाड गर्नुको अर्थ त्यही नै हो । त्यसको पछाडि आफ्नो राष्ट्रलाई अन्तर्राष्ट्रिय नक्शामा प्रभुत्वका साथ राख्ने उनीहरुको उद्देश्य हुन्छ ।’

Advertisement

Advertisement