कीर्तिमानी पर्वतारोही सानु शेर्पोले दोस्रो पटक चढे गाङछेंपो हिमाल

Advertisement

काठमाडौं । कीर्तिमानी पर्वतारोही सानु शेर्पा र लालबहादुर वाईबाले सिन्धुपाल्चोकतर्फबाट पहिलो पटक गाङछेंपो (६,३७८ मिटर) हिमाल आरोहण गरेका थिए । यो शेर्पाको दोस्रो पटक गाङछेंपो हो । 

उनले शुक्रबार दिउँसो ११ बजे उक्त हिमाल आरोहण गरेका हुन् । शेर्पासँगै अन्य तीन जना नेपाली माउन्टेन गाइड रामकाजी (प्रयास), गरिमा भोयजका अध्यक्ष रविन्द्र अर्याल र न्यु भिजन नेपालका अध्यक्ष अशोक भट्टले चुचुरो चढ्न सफल भए । 

Advertisement

मोगानका महासचिव समेत रहेका रामकाजीले क्याम्प–१ बाट सजिलैसँग ११ घण्टा लगाएर हिमालको चुचुरोमा पुग्न आफू सफल भएका जानकारी दिए । नेपालको पर्वतीय क्षेत्रमा थप सफलता हासिल गरेको र नयाँ आरोहण गन्तव्य थपिएको उनको भनाइ छ । 

आरोहण दलका संयोजक संजिव गुरुङका अनुसार यसअघि क्याम्प–१ बाट करिब १२ घण्टा लगाएर नयाँ रुट खुलाउँदै दुई पर्वतारोही टोली सफतापूर्वक आरोहण गर्न सफल भएको थियो । 

अरोहण टोली काठमाडौंबाट ६ दिनमा बेस क्याम्प पुगेका थिए । १० दिनमा बाटो पहिचान र रोप फिक्सिङ गर्दै नेपाली माउन्टेन गाइड सानु शेर्पा र लाल वाइबा चुचुरोमा पुगेको जनाइएको छ । 


 

Advertisement

Advertisement