अब्दुसको चुनाव प्रचारमा रहेका एमाले कार्यकर्तामाथि आक्रमण, प्रचण्डका कार्यकर्तामाथि आशंका

Advertisement

काठमाडौं । गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारको प्रचारमा रहेका एमाले कार्यकर्तामाथि साँघातिक आक्रमण भएको छ । 

गोरखाको पालुङटार नगरपालिका ६ च्याङलीस्थित एक होटलमा बसिरहेका प्रचार टोलीलाई आइतबार राति एक समूहले आक्रमण गरेको समाचार छ । 

Advertisement

आक्रमणबाट नेकपा एमालेका गण्डकी प्रदेश सचिवालय सदस्य हरि काफ्ले निकै घाइते भएका छन् । उनको टाउकोमा ठूलो चोट लागेको छ । अहिले काफ्लेको टाउकोमा सातवटा टाँका लगाइएको छ । 

आक्रमणमा संलग्न तनहुँका अजित पन्त र राम सापकोटालाई नियन्त्रणमा लिएको बताउँदै प्रहरीले घटनमा संलग्न थप दुई जनाको खोजी भइरहेको जनाएको छ । 

आफूहरूको टोलीमाथि सुनुयोजित तवरले आक्रमण भएको गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार मियाँले बताएका छन् । उनले भनेका छन्, ‘म प्रचारमा थिएँ । म बस्ने होटलमा खाना खाइरहेका साथीहरूमाथि आक्रमण भयो । दीपक तामाङ भन्ने मान्छे को हो ? भन्दै उनीहरूले होटल प्रवेश गरेर सिधै आक्रमण सुरु गरे ।’

मियाँले आफूहरुको टोलीलाई जोगिएर हिंड्न थ्रेट कल आइरहेको बताउँदै गए रातिको घटना पनि सुनियोजितरुपमा गरिएको बताए । आक्रमण गर्नेहरु सोही क्षेत्रबाट सत्तारुढ दलका उम्मेदवार तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कार्यकर्ता हुनसक्ने अडकल गरिएको छ । 

Advertisement

Advertisement