सुर्खेतमा बुद्ध एयरको एटिआर–७२ जहाजमार्फत परीक्षण उडान, जनवरीबाट दैनिक दुई उडान

Advertisement

काठमाडौं । बुद्ध एयरले सुर्खेत विमानस्थलमा एटिआर–७२ जहाजमार्फत परीक्षण उडान गरेको छ । यस उडानको रिपोर्ट अनुकूल आएको अवस्थामा आउँदो जनवरीबाट सुर्खेतमा दैनिक दुई उडान गर्ने बुद्ध एयरले जनाएको छ । 

सन् २०१३ को फेब्रुअरी १ तारिखदेखि ब्रीचक्राफ्ट जहाजबाट सुर्खेत उडान सुरू गरेको बुद्धले जनवरी २०२३ देखि एटिआर–७२ जहाजमार्फत दैनिक दुई उडान सञ्चालन गर्ने जनाएको छ । यात्रुको माग र भाडादर कम गराउने उद्देश्यले कम्पनीले ठूलो जहाज प्रयोगको योजना अगाडि बढाएको जनाइएको छ । 

Advertisement

एटिआर–७२ जहाजमार्फत उडान गर्दा यात्रुहरूलाई प्रत्यक्ष लाभ महशुस हुने गरी नेपालगञ्ज क्षेत्रकै हाराहारीमा न्यूनतम भाडादर कायम हुने बुद्ध एयरले दावी गरेको छ । हाल सुर्खेतमा उडान लागत उच्च रहेको र यसको प्रत्यक्ष असर भाडादरमा पर्ने गरेको उसको भनाई छ । 

यात्रुहरूलाई कम भाडादरका साथै थप सिटहरू उपलब्ध गराइ सेवा विस्तार गर्ने उद्देश्यले एटिआर–७२ मार्फत उडान गर्न लागेको कम्पनी आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ । साथै, कम्पनीले व्यवसायिक योजनाअनुसार आगामी डिसेम्बरभित्र दुई वटा एटिआर–७२ सिरिजको जहाज थप्न लागेको जनाएको छ । 

Advertisement

Advertisement