यती स्काई क्लबका सदस्यहरुलाई काठमाडौंका विभिन्न रेष्टुरेन्टहरुमा ५० प्रतिशतसम्म छुट

Advertisement

काठमाडौं । यती एअरलाइन्सका स्काई क्लबका सदस्यहरुले अब भोज डिल्समा छुट पाउने भएको छन् । प्रसिद्ध फुड एप भोज डिल्ससँगको सहकार्यमा यतीले आफ्नो स्काई क्लबका सदस्यहरुलाई काठमाडौंका १५० वटाभन्दा बढी रेष्ट्ररेन्टहरुमा छुट दिएको जनाइएको छ ।

यती एअरलाइन्सका अनुसार भोज डिल्सको ‘डाइन इन डिल्स’ अन्तर्गतका पार्टनर रेष्ट्ररेन्टहरुमा बिल भुक्तानी गर्दा यती एअरलाइन्सको स्काई क्लब कार्ड देखाएमा १० देखि ५० प्रतिशतसम्म छुट पाइने छ ।

Advertisement

यती एअरलाइन्सले लोयल्टी प्रोग्राम अन्तर्गत स्काई क्लबको सदस्यता लिएका यात्रुहरुलाई माइलेज प्वाइन्ट्सका आधारमा निःशुल्क हवाई टिकट प्रदान गर्दै आइरहेको छ । आफ्ना फ्रिक्वेन्ट फ्लायर्सहरुलाई थप सुविधा दिने उद्देश्यले ‘डाइन इन डिल्स’मा यो छुटको सुुविधा दिने व्यवस्था मिलाइएको एअरलाइन्सले जनाएको छ ।

Advertisement

Advertisement