बर्खास्तीमा परेका कुमार खड्काको चेतावनी– मुख्यमन्त्रीको 'सनसनी भिडियो' सार्वजनिक गर्छु

Advertisement

पोखरा । बर्खास्तीमा परेका गण्डकीका निवर्तमान भौतिक, पूर्वाधार मन्त्री कुमार खड्काले आफूलाई हटाउनुको कारण नबताए मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको पनि पोल खोल्ने बताएका छन् । 

बिहीबार पत्रकार सम्मेलन गरेर उनले पोखरेलको ‘सनसनी’ अडिओ, भिडिओ आफूसँग रहेको बताउँदै आफूलाई बर्खास्त गर्नुको कारण नबताए उक्त अडियो भिडियो सार्वजनिक गर्ने चेतावनी दिएका हुन् । चुनाव लगत्तै आफूलाई बर्खास्त गर्नुको कारण बताउन खड्काले पोखरेललाई अल्टिमेटम दिएका छन् । उनी मंगलबार बर्खास्तीमा परेका थिए । 

Advertisement

पछिल्लो समय पोखरेलसँग आफ्नो सम्बन्ध चिस्सिएको खड्काले स्वीकार गरेका छन् । ‘माइतीघाट झोलुंगे पुल निर्माणमा एक अर्ब खर्च गर्ने कुराको आफूले विरोध गरेपछि पोखरेल रुष्ट भएको उनको भनाई छ । 

Advertisement

Advertisement