ग्लोबल आइएमईका ग्राहक र तिनका परिवारले बुद्ध एयरको टिकटमा आठ प्रतिशत छुट पाउने

Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने छन् । 

उक्त छुटसम्बन्धी समझदारीमा बैंकका नायव महाप्रबन्धक रुपेन्द्र वाग्ले र बुद्ध एयरका मार्केटिङ्ग सेल्स निर्देशक रुपेश जोशीले हस्ताक्षर गरे । 

Advertisement

समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट, क्रेडिट कार्डवाहक एवम् बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेशन ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले बुद्ध एयरको टिकटको खरीदमा आठ प्रतिशत छुट पाउनेछन् ।

साथै, आन्तरिक विमानस्थलहरुमा रहेका बुद्ध एयरको काउण्टरबाट टिकट लिएपश्चात् बैंकको ग्लोबल स्मार्ट प्लसमार्पmत क्युआर कोर्ड स्क्यान गरी भुक्तानी गर्दा वा बैंकको डेबिट तथा क्रेडिट कार्डबाहक ग्राहक वा ग्राहकका परिवार सदस्यहरुले पनि आठ प्रतिशतको छुट पाउने बैंकले जनाएको छ ।    

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजारभन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

Advertisement

Advertisement