मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘द हिमालयन ग्रिल बाई बाजेको’ मा विशेष छुट दिने सम्झौता

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंक, सामाखुसीको ‘द हिमालयन ग्रिल बाई बाजेको’ रेस्टुरेन्टसँग फुड एण्ड बेभरेजमा१५ प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । 

सम्झौता पश्चात बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले उक्त फुड एण्ड बेभरेजमा विशेष १५% छुट प्राप्त गर्न सक्ने छन् । 

Advertisement

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । 

त्यसैगरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको जनाएको छ । 

Advertisement

Advertisement