संघीयता विरोधी बालेनले प्रतिनिधिसभामा भोट हालेर प्रदेशसभा चुनाव बहिस्कार गरे

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहले प्रतिनिधिसभाको चुनावमा मत हालेर प्रदेशसभा चुनाव बहिष्कार गरेका छन् । 

संघीयताको विपक्षमा रहँदै आएका उनले आज एकै पटक भएको चुनावमध्ये प्रतिनिधिसभा सदस्यमा मात्रै मतदान गरेका हुन् । शाहले काठमाडौं महानगरपालिका ९ स्थित गैरीगाउँमा रहेको अन्नपूर्ण मतदान केन्द्रमा मतदान गरेका थिए । तर उनले प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिक दुवैमा मत हाले । 

Advertisement

बालेन शाहले संघ र स्थानीय तहका बीचमा प्रदेश संरचना आवश्यक नरहेको र यो देशको अर्थतन्त्रका लागि बोझ मात्रै बनेको बताउँदै आएका छन् । उनी मेयरमा स्वतन्त्ररुपमा विजयी भएका हुन् । 

Advertisement

Advertisement