लौरो, घण्टी र हलो प्रतिस्पर्धामा लाग्दा ललितपुर– २ मा एमालेका उम्मेवार पुनः विजयी

Advertisement

काठमाडौं । वैकल्पिक उम्मेवारको रुपमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी र लौरो अभियानबीच प्रतिस्पर्धा हुँदा ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमाले विजयी भएको छ । 

आफ्नै दलबाट फुटेर बनेको एकीकृत समाजवादीबाट निवर्तमान सांसदको उम्मेदवारी र वैकल्पिक दलतर्फ मानिसहरुको आकर्षण बढिरहेको बेला एमालेका उम्मेदवारलाई जित सहज नभए पनि वैकल्पिक उम्मेदवारबीच एकता नहुँदा एमालेका उम्मेदवार प्रेम महर्जन जम्मा १५ हजार २५ मतले विजयी भएका छन् । 

Advertisement

ललितपुर २ एमालेको पहिलो जित हो । सोमबार राति सकिएको मत गणनामा लौरो अभियान (हाम्रो नेपाली पार्टी)का सुदिन शाक्यले आठ हजार ८८६ मत पाए ।

यस क्षेत्रमा एकीकृत समाजवादीका कृष्णलाल महर्जन उम्मेदवार थिए । यसअघि उनले २७ हजार ७१३ मतका साथ निर्वाचित हुँदा कांग्रेसका चन्द्र महर्जन पराजित भएका थिए । तर अहिले भने न्यून मतसहित उनी पराजित भएका छन् । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले आठ हजार ६६६ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवर राज थापाले सात हजार ७९९ मत पाएका छन् । 

Advertisement

Advertisement