ललितपुरमा कांग्रेसका राणा र एमालेका सिलवालबीच कडा प्रतिस्पर्धा

Advertisement

काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर राणा र नेकपा एमालेका नवराज सिलवालबीच कडा प्रतिस्पर्धा भएको छ । 

मतगणना सुरु भएदेखि नै सिलवालले अग्रता लिँदै आएकोमा पछिल्लो समय राणाले अग्रता लिएका छन् । राणाले आठ हजार ५९७ मत प्राप्त गर्दा सिलवालले आठ हजार ४३१ मत पाएका छन् । 

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सचिन घिमिरेले एक हजार ६१ र राप्रपाका सन्दीप आचार्यले ७०६ मत पाएका छन् ।

Advertisement

Advertisement