चितवन– २ मा रविको मत अनुपात बढ्दै, कांग्रेस र एमालेको घट्दै

Advertisement

चितवन । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मत अनुपात बढाउँदै लगेका छन् । 

प्रारम्भिक मतगणनामा तेस्रो स्थानमा रहेका उनी पछिल्लो मतगणनामा दोस्रो स्थानमा पुगेका छन् । कुल सात हजार ७४५ मत गणना हुँदा एमालेका कृष्णभक्त पोखरेलले दुई हजार ६०३ मत पाएका छन् भने रविले दुई हजार ३८४ मत पाएका छन् ।

Advertisement

तेस्रो स्थानमा झरेका कांग्रेसका उमेश श्रेष्ठले दुई हजार २६३ मत पाएका छन् । पहाडी तथा ग्रामीण क्षेत्रमा पर्ने इच्छाकामना गाउँपालिकाबाट मतगणना सुरु हुँदा रवि पछाडी रहे पनि शहरी क्षेत्रमा उनी अगाडि बढेका हुन् । 

यस क्षेत्रबाट यसअघि एमालेका कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए ।

Advertisement

Advertisement