अर्को बर्ष थिएटर फेस्टिबल, फिल्म फेस्टिबलका लागि बजेट व्यवस्था गछौंः बालेन शाह

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले कला, संस्कृतिको संरक्षणबाट नै देशको पहिचान स्थापित हुने बताएका छन् । शुक्रवार राजधानीमा भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ को उद्घाटन कार्यक्रममा उनले थिएटर फेस्टिबल र फिल्म फेस्टिबल महानगरपालिकाको बजेटमा नै ल्याएर संरक्षण गर्ने बताए । 

शाहले कलासम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने तयारीमा आफू रहेको बताए । उनले कला, संस्कृतिलाई महत्व दिने बताउँदै खेलकुदका लागि पनि छुट्टै विभाग र कलासम्बन्धी पनि छुट्टै विभाग बनाएर काम गरे मात्रै सबै क्षेत्रको विकास सम्भव हुने बताए । 

Advertisement

शाहले भने, ‘थिएटर फेस्टिबलहरु, फिल्म फेस्टिबलहरु बजेटमा आइसकेको छैन । तर उहाँहरुसँग बिस्तारै अर्को वर्षदेखि हामीले यसलाई अफिसियल्ली बजेट किताव (रोतो किताव) मा नै ल्याएर भव्य तरिकाले गर्न सकिन्छ भन्ने आशा छ । महानगरपालिका भएको नाताले कलालाई महत्व दिने कुरा जिम्मेवारी हो र महानगरपालिका भन्नलाई यो चिज चाहिँदो रहेछ । हामीले विभिन्न विधालाई प्रमोट गर्न खोज्दैछौँ । हाम्रो छुट्टै विभागहरु हुँदैन् । खेलकुद विभाग छुट्टै छैन् । छुट्टै खेलकुदको लागि पनि विभाग चाहिँदो रहेछ । कला लगायत धेरै विधालाई प्रमोट गर्न बाँकी छ ।’

Advertisement

Advertisement