विश्वकप फुटबलः इरानसँग वेल्स २-० गोलअन्तरले पराजित

Advertisement

काठमाडौं । विश्वकप समूह ‘बी’ को शुक्रबार इरान र वेल्सबीच भएको खेलको अन्तिम ९९ औं र १०० औं मिनेटमा दुई गोल गर्दै इरानले वेल्सलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

वेल्सका गोलकिपर वेन हेनेसीले ८६ औं मिनेटमा इरानका स्ट्राइकर मेहदी तारेमीसँग गोल गरेपछि मैदानबाट बाहिरिएका थिए । तर इन्जुरी समयको नवौं मिनेटमा रुज्बेह चेश्मीले गोल गर्दै वेल्सलाई बराबरीमा रोकेको थियो ।

Advertisement

त्यसको एक मिनेटपछि रामिन रेजाइयानले सब्स्टिच्युट गोलकिपर ड्यानी वार्डको पासमा गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए । 

यसअघि, वेल्सका गोलकिपर वेन हेनेसीले शुक्रबार कतार विश्वकपको पहिलो रातो कार्ड पाएर खेलबाट बाहिरिनु परेको थियो । उनलाई इरानका मेहदी तारेमीसँग झगडा गरेको कारण  रातो कार्ड दिइएको हो । 

Advertisement

Advertisement