एशियन लाइफले बनायो ३९ अर्बको बीमा कोष, नाफा कति ?

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म एशियन लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषको आकार ११.५२ प्रतिशतले बढेको छ । 

गत गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म ३९ अर्ब ९ करोड रुपियाँ रहेको कम्पनीको जीवन बीमा कोष समीक्षा अवधिमा बढेर ४३ अर्ब ५९ करोड रुपियाँ पुगेको छ ।

Advertisement

असोज मसान्तसम्म कम्पनीले १३ करोड २९ लाख रुपियाँ नाफा कमाएको छ, जुन गत आवको सोही अवधिमा ९ करोड ३५ लाख रुपियाँ थियो । गत आवको तुलनामा कम्पनीको नाफा ४२.०७ प्रतिशतले वृद्धि भएको हो ।

चालू आवको पहिलो त्रैमाससम्म २ अर्ब ३ करोड रुपियाँ कुल बीमा शुल्क आर्जन गरेको कम्पनीको गत आवमा १ अर्ब ८५ करोड रुपियाँ आर्जन गरेको थियो । गत आवको तुलनामा कुल बीमा शुल्क आर्जन ९.६१ प्रतिशतले बढोत्तरी भएको हो ।

समीक्षा अवधिमा कम्पनीले २ अर्ब १ करोड रुपियाँ खुद बीमा शुल्क आर्जन गरेको छ, जुन गत आवमा १ अर्ब ७९ करोड रुपियाँ थियो । 

कम्पनीले पुनर्बीमा मार्फत १ करोड ८१ लाख रुपियाँ खर्चिएको छ । गतआर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ९५ लाख रुपियाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।

समीक्षा अवधिमा कम्पनीले १७ करोड १९ लाख रुपियाँ अभिकर्ता कमिशनमार्फत खर्चिएको छ । गत आवमा यस्तो खर्च १६ करोड ५६ लाख रुपियाँ थियो ।

२४ करोड ५ लाख रुपियाँ  महाविपत्ती कोषमा रहेको छ भने कम्पनीको रिटेण्ड अर्निङ्गमा ४५ करोड ९२ लाख रुपियाँ छ । 

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १५.६४ रुपियाँ र प्रतिशेयर नेटवर्थ १२३.११ रुपियाँ रहेको छ ।

Advertisement

Advertisement