एलआईसी नेपालको नाफा ३५ प्रतिशतले बढ्यो, अधिकांश सूचक सकारात्मक

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म एलआईसी नेपालको नाफा ३५ प्रतिशतले बढेको छ ।  

समीक्षा अवधिमा कम्पनीले ७ करोड ८८ लाख रुपियाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो नाफा ५ करोड ८१ लाख रुपियाँ  थियो । गत आवको तुलनामा कम्पनीको नाफा ३५ प्रतिशतले बढेको हो । 

Advertisement

त्यस्तै, कम्पनीको कुल बीमाशुल्क आर्जन पनि सामान्य बढेको छ । गत आवमा ४ अर्ब ५१ करोड रुपियाँ कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले पहिलो त्रैमासमा ४ अर्ब ५७ करोड रुपियाँ आर्जन गरेको छ ।

२ अर्ब ६५ करोड ३२ लाख चुक्ता पुँजी रहेको एलआईसी नेपालको जीवन बीमा कोषमा एक खर्ब २४ अर्ब नौ करोड रुपैयाँ सञ्चित छ । गत आवको तुलनामा यस्तो कोष ३.१९ प्रतिशतले बढेको हो ।

त्यसैगरी असोज मसान्तसम्ममा कम्पनीको जगेडा कोष २ अर्ब ६९ करोडबाट बढेर २ अर्ब ७७ करोड रुपियाँ पुगेको छ । 

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ११.८८ रुपियाँ छ ।

Advertisement

Advertisement