नेशनल लाइफको नाफा १३ करोड, यस्ता छन् मुख्य सूचक

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १३ करोड ८३ लाख रुपियाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १३ करोड २ लाख रुपियाँ रहेको थियो । समीक्षा अवधिमा यो ६.२४ प्रतिशतले वृद्धि भएको हो । 

समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ९१ करोड ४९ लाख रुपियाँ बीमाशुल्क आर्जन गरेको छ, जुन गत आवमा ४ अर्ब १९ करोड थियो । 

Advertisement

असोज मसान्तसम्म कम्पनीको जीवन बीमा कोषमा ८१ अर्ब ८४ करोड ६३ लाख रुपियाँ सञ्चित छ । यो गतको आवको तुलनामा ४.९९ प्रतिशतले बढेको हो । कम्पनीले लगानी तथा कर्जा लगानीबाट प्राप्त आम्दानी ११.२८ प्रतिशतले वृद्धि भएको छ ।

गत आवमा १ अर्ब ३५ करोड ११ लाख लगानी गरेको नेशनल लाइफले चालु आवको समीक्षा अवधीमा १ अर्ब ५० करोड ३५ लाखरुपियाँ आम्दानी गरेको छ ।

५ अर्ब २ करोड चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ६१ करोड ३७ लाख रुपियाँ सञ्चित रहेको छ भने कम्पनीमा हाल कायम बीमा पोलिसी संख्या १५ लाख ८८ हजार १८८ वटा छन् भने 

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १०.६६ रुपियाँ रहेको छ । 

Advertisement

Advertisement