नेपाल टेलिकमले घटायो नाफा, सञ्चालन आम्दानी भने ८ अर्ब ५८ करोड

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले १ अर्ब ७३ करोड ९५ लाख रुपियाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनामा १४.२० ले कम हो । गत वर्ष कम्पनीले २ अर्ब २ करोड ७४ लाख रुपियाँ नाफा कमाएको थियो । 

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी भने सामान्य बढेको छ । गत वर्ष ८ अर्ब ५८ करोड रुपियाँ रहेको यस्तो आम्दानी यस अवधिमा ८ अर्ब ६८ करोड रुपियाँ नाघेको छ । 

Advertisement

असोज मसान्तसम्म कम्पनीको वित्तीय आम्दानी भने १ अर्ब ७५ करोडबाट घटेर १ अर्ब १७ करोड रुपियाँ मा झरेको छ । जसका कारण नाफा प्रभावित हुन पुगेको हो ।  

त्यस्तै, कम्पनीको अन्य आम्दानी पनि ३० करोड ६६ लाखबाट घटेर २० करोड ६३ लाख रुपियाँ पुगेको छ । 

हाल यसको चुक्ता पुँजी १८ अर्ब रुपियाँ रहेको कम्पनीको जगेडा कोषमा ७८ अर्ब ३१ करोड रुपियाँ सञ्चित छ ।

समीक्षा अवधिमा कम्पनीको नाफासँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा ४५.०५  रुपियाँ रहेको प्रतिशेयर आम्दानी घटेर ३८.६६  रुपियाँ कायम भएको छ भने प्रतिशेयर नेटवर्थ भने ५३५.०९  रुपियाँ रहेको छ ।


 

Advertisement

Advertisement