नेशनल लाइफले सुर्खेतमा गर्यो अभिकर्ता भेला

Advertisement

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कर्णाली प्रदेशको सुर्खेतमा अभिकर्ता भेला तथा पुनर्ताजगी  कार्यक्रम सम्पन्न गरेको छ । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो भेलामा कम्पनीको सुर्खेत कार्यालयमा आबद्ध करिब १५० जना अभिकर्ताहरुको सहभागिता रहेको  थियो ।  

Advertisement

सीईओ खत्रीले  अभिकर्ता पेशालाई ब्यवसायिक बनाउदै वहाँहरुको जिवनस्तरमा सकारात्मक परिबर्तन गर्ने र कम्पनीको ब्यवसाय समेत प्रबर्द्धन गर्दै लैजाने नीति अनुरुप कम्पनीले यस प्रकारको कार्यक्रम आयोजना गर्दै आएको बताए । साथै प्रमुख कार्यकारी अधिकृत खत्रीले बीमा ऎन २०७९ का आधारभुत बिषयबस्तुको बारेमा पनि संक्षिप्त रुपमा प्रकाश पारेका थिए । 

कम्पनीका बजार ब्यस्थापन बिभाग प्रमुख बिबेक शर्माले सहभागी अभिकर्ताहरुलाइ प्रस्तुति कला सम्बन्धमा प्रशिक्षण दिएका थिए । कर्यक्रममा सुर्खेत शाखाबाट उत्कृष्ट ब्यबसाय गर्ने अभिकर्ताहरुलाई सीईओ खत्रीले सम्मान गरेका थिए । 

सुर्खेत शाखा प्रमुख बलबहादुर सिजापतीको सभपतित्वमा सम्पन्न सो कार्यक्रममा एजेन्सी बिभाग प्रमुख सुशीलप्रताप राणाले धन्यबाद ज्ञापन गरेका थिए । 

Advertisement

Advertisement